३ मंसिर २०७८ शुक्रबार
नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैंयाले घटेर ९४ हजार ४०० रुपैंया कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैंयामा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला९३ हजार ९०० रुपैंया तोकिएको छ। यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैंयाले घटेर एक हजार २७५ रुपैंया तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।