४ मंसिर २०७८ शनिबार

करेन्ट लागेर गम्भिर घाइते भएका आरुघाट गाउँपालिका -१ का ४० वर्षिय लाटा गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ।

शनिबार बिहान घर नजिकै घाँस काट्न रुखमा चढेका गुरुङलाई करेन्ट लागेको आफन्त मेघबहादुर गुरुङले जानकारी दिए। पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईको समन्वयमा हेलिकप्टरबाट उद्धार गरेर टिचिङ हस्पिटलमा उपचारका लागि जानकारी दिए।

अव्यवस्थित रुपमा टाँगिएको तारबाट करेन्ट लागेपछि उनको अवस्था गम्भिर भएको थियो । रिचेत हाईड्रोपावरबाट निकालीको बिजुलीको तार गाउँमा राम्रोसँग व्यवस्थित नभएको र होचो गरी टाँगिएकाले दुर्घटना भएको स्थानीयले बताएका छन्।

मान्बु आरुघाट गाउँपालिकाको दुर्गम गाउँ हो। गाउँबाट दुर्घटनाको खबर आएपछि आफूले हेलिकप्टर खोजेर उद्धारका लागि पठाएको र उपचारमा पनि सघाउने कांग्रेस महासमिति सदस्य बजगाईले बताए। उनले यसअघि पनि उनले उत्तरी गोरखामा उद्धार, उपचार र राहतमा सहयोग गर्दै आएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *