५ मंसिर २०७८ आइतबार
भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि बोलाइएको संसदीय सुनुवाई समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।

आईतबार सिंहदरवारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले एमाले र काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको बताए।
गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले भारतका लागि नेपाली राजदुतमा डा। शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो। १५ सदस्यीय संसदीय सुनुवाईको बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *