५ मंसिर २०७८ आइतबार
प्रदेश २ सरकारमा आइतबार नेकपा एकिकृत समाजवादी सहभागी भएका छन्। सो पार्टीका संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

महतोले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री र यादवले कानुन, न्याय तथा प्रदेशसभा मन्त्री पद्को सपथ लिएका हुन्। महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जसपाका मन्त्री रामनरेश रायलाई गत साता पदमुक्त गरेका थिए। महतो धनुषा निर्वाचन क्षेत्र नं. ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन भने यादव सिरहा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसद जितेका छन्। प्रदेशसभामा नेकपा(एस)को १३ जना सांसद छन्।

केन्द्रिय गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)लाई सहभागी भएका छन्। प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, समाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी ४ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, उर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन्। नेकपा (एस)को भागमा दुई मन्त्रालय परेको छ। प्रदेशसभामा लोसपा प्रमुख प्रतिपक्षी दल बेनेको छ भने नेकपा एमाले विपक्षी दल बनेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *