५ मंसिर २०७८ आइतबार
सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैंया तोकिएको छ। अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० रुपैंयामा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैंयाले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैंया कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैंयाले घटेर एक हजार २६० रुपैंया तोकिएको महासङ्घले जनाएको छ। अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औँस एक हजार ८४६ डलर आसपासमा कारोबार भइरहेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *