६ मंसिर २०७८ सोमबार
हेवी इक्युप्मेन्टको जगतमा विश्वभर ख्याती प्राप्त गरेको बाेब्क्याटका लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा.लि.ले नेपाली भूगोलका लागि उपयुक्त हुने बबक्याट बी सात सय साठी ब्याक्हाे लोडर नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरे संगै बुकिंग पनि खुला गरिएको छ। उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो।

बबक्याट बी सात सय साठीलाई नेपालका तराई , पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरि सार्वजनिक गरिएको हो। उक्त मेसिनमा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई) मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको थियो।
अमेरिकी प्रविधीबाट निर्मित बबक्याट विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ। उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ। यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमापनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।

७४ बर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्समार्फत् सेवा प्रदान गर्दै आईरहेको छ। हाल संचालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं. १ मा रहेको कम्पनीले दाबी गरेको छ।
हाल नेपालका काठमाडाैं,नारायणगढ, बुटवल, धनगढी, नेपालगंज, पोखरा, विरगंज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बबक्याटकाे बुकिंग गर्न सकिनेछ। बबक्याट बी सात सय साठी ब्याक्हाे लोडर सम्बन्धी थप जानकारीका लागि कम्पनीको हटलाईन सेवा ९८०११६४९९१ मा सम्पर्क गर्न सकिनेछ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *