७ मंसिर२०७८, मंगलबार
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।
पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको उनले बताएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा महामन्त्री खड्का सहित ३६ जनाको उम्मेदवारी परेको छ । खड्का लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।रिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन् । निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधित्व गर्ने थानीको क्षेत्रमा करिब ११ सय प्रतिनिधिहरुले मतदान गर्नेछन् ।नेपाली कांग्रसको १४ औ महाधिवेशन अन्तरगत मंगलबार सुर्खेतमा क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन भैरहेको छ । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान भइरहेको छ ।

निर्वाचनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल समूह प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *