७ मंसिर२०७८, मंगलबार
नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।
तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *