७ मंसिर २०७८/रौतहट संवाददाता
ईशनाथ नगरपालिका वडा नं. ७ मा रहेको विश्वेश्वर प्रसाद कोइराला आदर्श मा.वि.मा चार वर्ष पूर्व गरिएको करार शिक्षक नियुक्ति अवैध रहेको छ।शिक्षा एन अनुसार करार सेवामा भर्ना हुने उमेर अवधि ४० वर्ष भए पनि तत्कालीन प्रधानाध्यापक प्रेमानंद प्रसादले हाल कार्यरत करार शिक्षक धर्मनाथ प्रसाद पटेल लाई नियुक्ति दिएका थिए।चार वर्ष बिति सक्दा पनि अवैध करार शिक्षक नियुक्ति सदर रहदै आएको छ।धर्मनाथ प्र.पटेलको जन्म मिति नागरिकता अनुसार वि.सं.२०३२/०१/१० रहेको छ।नियुक्ति भएको साल २०७४/०४/१५ मा शिक्षक पटेलको उमेर ४२ वर्ष ३महिना १० दिन रहेको थियो।चार वर्ष देखि करारमा कर्यरत शिक्षको नियुक्ति बारे छानबीन गर्न कुनै पनि निकायले चासो देखाएको छैन।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *