७ मंसिर २०७८, मंगलबार
नेपाली कांग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापन इतर (रामचन्द्र पौडेल) समूहका ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सभापति विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत हुन् । विष्ट ६१२ मत ल्याएर विजयी हुँदा पुरीले ६०७ मत ल्याएका छन्

त्यस्तै उपसभापतिमा संस्थापन पक्षका सन्तोष केसी र संस्थापन इतरका चक्र देवकोटा निर्वाचित भएका छन् । सचिवमा एकराज बुढाथोकी र प्रकाश भण्डारी निर्वाचित भएका छन् । भण्डारी संस्थापन र बुढाथोकी संस्थापन इतर समूहका हुन् ।
सह–सचिवमा संस्थापन इतर समूहका जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *