८ मंसिर २०७८, बुधबार
नेकपा एकिकृत समाजवादी पार्टीले जनकपुरमा पार्टी कार्यालय खोलेको छ । आज पार्टी कार्यालयको उद्घाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् । उनले कार्यालय परिसरमा बृक्षारोपन समेत गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले जनतालाई नोकरको व्यवहार नगर्ने र आफूलाई मालिक नठान्ने प्रतिवद्धता व्यक्त गरे । जनताको बीचमा रहेर हरेक सुख दुखमा साथ दिने भन्दै उनले देशमा समाजवादी स्थापना गर्ने दिशामा अगाडी बढेको बताए ।अध्यक्ष नेपालले नागरिकता समस्या समाधान गर्नुपर्ने पनि बताए । उनले नागरिकता प्राप्त गरेका सन्तानलाई नागरिकताबाट बञ्चित गर्न नहुने धारणा राखे । जनकपुर–जयनगर रेल चलाउने प्रयास जारी रहेको उनको भनाई थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *