‍९ मंसिर २०७८, बिहीबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।
भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *