९ मंसिर २०७८,बिहीबार
(एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्। महाधिवेशन उद्घाटनको अघिल्लो दिन आज अध्यक्ष ओली भरतपुर विमानस्थलमा पुगेका हुन्।एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले सौराहामा आयोजना गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश भन्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली भरतपुर विमानस्थलबाट सौराहा पुगेका छन्। महाधिवेशनमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्।ओलीलाई नेता सुरेन्द्र पाण्डेसहित नेकपा एमाले चितवनका अध्यक्षलगाएतका नेताहरुले स्वागत गरेका थिए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।