९ मंसिर २०७८,बिहीबार
नेकपा (एमाले)को आसन्न १० औं राष्ट्रिय महाविधेशनका लागि बाँकेबाट तीन जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन्।
महाधिवेशन मिति नजिँकिदै गर्दा बाँकेबाट युवा नेता सूर्य ढकाल, महिलामा बसन्ती अधिकारी र मुस्लिमकोटाबाट हलिम शाहले उम्मेदवारी घोषणा गरिसकेका छन्। ढकाल खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यस्तै अधिकारी महिला खुला केन्द्रीय सदस्य र साह मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। ढकाल युवा संघ नेपालको सचिव हुँदै उपाध्यक्ष र बाँकेमा पार्टीको संकट भएको बेला नेतृत्व गरेका थिए। उनी बाँकेमा एक नम्बरको पार्टी बनाउनका लागि लाग्ने आशा लाग्दा नेता हुन्।उनले पार्टीलाई फरक ढंगबाट लैजानका लागि युवा नेता केन्द्रीय सदस्यमा अटाउनुपर्ने बताउँछन्। उनले पार्टीमा युवा नेतृत्व भए मात्र आगामी तीनै तहको निर्वाचनमा पार्टीको बहुमत ल्याउने दावी उनले गरे।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।