९ मंसिर २०७८,बिहीबार
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ७०० कायम भएको छ।सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २०० तोकिएको छ। जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३०० थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २३० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।