१० मंसिर २०७८,शुक्रबार
नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति सुरु भएको छ।

विभिन्न ठाउँबाट झाँकी र र्‍यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ। पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्।

उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन हुनेछन्। महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ। सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन्।
चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका जनाइएको छ। ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ। नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *