११ मंसिर २०७८,शनिबार
नेकपा एमालेको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेसनमा सर्वसम्मतको प्रयास जारी नै छ। सोही क्रममा नेकपा माओवादी छाडेर एमालेमा आएका नेताहरुले केपी शर्मा ओली नै पार्टी अध्यक्ष हुनु पर्ने जिकिर गरेका छन्।
स्थायी कमिटी सदस्य मणि थापाले पूर्व माओवादीले नयाँ नेतृत्वका लागि भइरहेको प्रयासमा आफूहरुको कुनै अवरोध नगर्ने बताए। थापा भन्छन्, ‘हामी यसमा कुनै पनि बाधा उत्पन्न गर्दैनौं।’
आफूहरु अहिलेको सिर्जित अवस्थामा ओलीलाई नै अध्यक्ष पदमा देख्न चाहेको बताए।
ओली समूहकै नेताहरुबीच एकआपसमा समझदारी हुन सकेको छैन। जसका कारण महाधिवेशनको बन्दसत्र अन्योलमा परेको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।