११ मंसिर २०७८, शनिबार
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा प्रदेश २ को अधिकांश प्रदेश सभा निर्वाचन क्षेत्रमा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । तर केही क्षेत्रमा चुनावबाट नै नेतृत्व चयन भएको छ ।

सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रदेश सभा नेतृत्वका लागि शुक्रवार चुनाव भएको छ ।क्षेत्र नम्बर ४ मा अझै विवाद टुंगिएको छैन् ।महाधिवेशन प्रतिनिधि चयन र क्षेत्रीय अधिवेशनको कार्यक्रम १० गते घोषणा गरिएपनि प्रदेशकै टुंगो नलागेकाले समय सर्ने भएको छ । सिरहा जिल्लामा प्रदेश अधिवेशन अधिकांश क्षेत्रमा सम्पन्न भइसकेको छ ।लहान क्षेत्रमा विवाद रहेकाले चुनाव हुने संभावना देखिएको छ ।प्रदेश अधिवेशन सकिए लगतै महाधिवेशन प्रतिनिधि चयन हुने क्षेत्रीय अधिवेशनको तिथि घोषणा हुने कांग्रेसका नेता सन्तोष सुवेदीले जनाए । धनुषा जिल्लामा अधिकांश प्रदेशमा सहमतिबाट नेतृत्व चयन भएको बताइएको छ ।तर निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव भएको थियो ।महाधिवेशन प्रतिनिधि छनौटका लागि धनुषामा निर्वाचन समितिले १२ गते तोकेको छ ।निर्धारित तिथिमा नै महाधिवेशन प्रतिनिधि चयनको प्रकृया अगाडि बढने नेता राजकिशोर सिंहले जनाए । महोत्तरी जिल्लामा प्रदेशमा सहमति जुट्न सकेको छैन् ।सहमतिको प्रयास भइरहेपनि क्षेत्र नम्बर ३ को ख मा विवाद देखिएको छ ।प्रदेश सभा क्षेत्रको चुनाव सम्पन्न भएसँगै क्षेत्रीय अधिवेशन हुने छ ।तर जिल्ला अधिवेशन महाधिवेशनपछि मात्र गरिने नेताहरुले जनाएका छन् । सर्लाहीमा विवाद अझै सुल्झिएको छैन् ।सर्लाहीका नेताहरु महाधिवेशनमा सहभागी हुने संभावना कमजोर बन्न थालेको छ ।

वडा अधिवेशन नै रोकिएकाले महाधिवेशन प्रतिनिधि छनौटको प्रकृया अगाडि बढने छैन् । रौतहटमा पनि विवाद देखिएको छ ।प्रदेश सभाको केही क्षेत्रमा अधिवेशन भए पनि विवादको कारण प्रदेश सभा अधिवेशन लम्बिने देखिएको छ ।रौतहटमा प्रदेश अधिवेशनको समय तोकिएको छैन् ।जिल्ला अधिवेशन महाधिवेशनपछि नै गर्नेमा नेताहरु सहमत देखिएका छन् । पर्सा जिल्लामा पालिका र जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने सहमति भइसकेको छ ।बारा जिल्लाको अवस्था पनि त्यस भन्दा फरक देखिएको छैन् । महाधिवेशनमा सभापतिको चुनावमा प्रभाव पर्ने आशंकामा प्रदेश २ का जिल्लाहरुमा अधिवेशनलाई सार्ने तयारी भएको छ ।तर प्रदेश अधिवेशनको तिथि मंसिर १६ गते निर्धारण गरिएको छ ।राष्ट्रिय महाधिवेशनका लागि मंसिर २१ गते उम्मेदवारी दर्ता गराउने तिथि तोकिएको छ । प्रदेश २ बाट केन्द्रीय सभापतिमा विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेकाले सभापतिका अन्य प्रत्याशीहरुले समेत बढी चासो लिएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *