११ मंसिर २०७८, शनिबार
नेपाली कांग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् ।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।

उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेव बडु विजयी भएका छन् । ठगुन्नाले ५४० र बडुले ४८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दुई सचिव पदमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् ।
कार्कीले ६६५ र भट्टले ४०५ मत प्राप्त गरेका छन् भने सहसचिवमा राजु अवस्थी र राजेन्द्र प्रसाद जोशी विजयी भएका छन् । अवस्थीले ५६९ र जोशीले ४२८ मत पाएका छन् । कोषाध्यक्ष भने जिल्ला कार्यसमितिले मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *