१२ मंसिर २०७८, आइतबार
नेकपा माओवादी केन्द्रले ताप्लेजुङका ८ स्थानीय तहमा धमाधम पालिका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। ९ स्थानीय तह रहेको ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने मंसिर १३ का लागि तय गरिएको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक बिजयप्रकाश वनेमले बताए।
उनका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गंगाराम शंकर चयन भएका छन्। यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराइ त्रिबेणी गाउँपालिकामा घननाथ गौतम(घनु), सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलिप पौडेल र सिरिजंगामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ।
१३ गते मिक्वाखोलाको अधिवेशन सकिएसंगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।