१४ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण विवादमा परेपछि बजारले मूल्य निर्धारण गर्ने विधि (बुक बिल्डिङ) नै अवरुद्ध भएको छ ।
शेयर जारी नहुँदै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेजका पदाधिकारीकै परिवारको सदस्यले शेयर किनेको भेटिएपछि सर्वोत्तम सिमेन्टको शेयर कारोबार विवादमा परेको छोरीको नाममा शेयर किनेको भेटिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नै सरकारले बखास्त गर्यो भने, पत्नीको नाममा शेयर खरीद गरेको भेटिएपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिए ।
ढुंगानाको बर्खास्तीपछि धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रिया अगाडि बढाएको छैन । सर्वोत्तम सिमेन्टबाहेक अरु कम्पनीले पनि बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छा देखाएका थिए । तर सर्वोत्तमको विवाद सतहमा आएपछि उनीहरु यो प्रक्रिया शुरु गर्न अग्रसर देखिएका छैनन् ।थियोछोरीको नाममा शेयर किनेको भेटिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नै सरकारले बखास्त गर्यो भने, पत्नीको नाममा शेयर खरीद गरेको भेटिएपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिए ।
ढुंगानाको बर्खास्तीपछि धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रिया अगाडि बढाएको छैन । सर्वोत्तम सिमेन्टबाहेक अरु कम्पनीले पनि बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छा देखाएका थिए । तर सर्वोत्तमको विवाद सतहमा आएपछि उनीहरु यो प्रक्रिया शुरु गर्न अग्रसर देखिएका छैनन् । छोरीको नाममा शेयर किनेको भेटिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नै सरकारले बखास्त गर्यो भने, पत्नीको नाममा शेयर खरीद गरेको भेटिएपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा थिए । बोर्ड अध्यक्ष ढुंगानालाई सरकारले बर्खास्त गर्यो । नियामक निकाय बोर्ड र बजार चलाउने नेप्से नै नेतृत्वविहीन भन्दा पनि अहिले समस्या देखिएको छ ।
यी दुवै संस्थामा सरकारले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाए पनि नियुक्ति गर्न सकेको छैन । यसले गर्दा धेरै कामहरु अवरुद्ध भएको नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका महासचिव पारसमणि ढकाल बताउँछन् ।
ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढकाल सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रिया अवरुद्ध हुनुको कारण पनि यही भएको बताउँछन् ।
दिए ।उनका अनुसार बुक बिल्डिङ प्रक्रिया अन्तर्गत नेप्सेमा एउटा समझदारी गरेर धितोपत्र बोर्डमा जानुपर्ने प्रावधान छ । नेप्सेका सीईओ नै नहुँदा त्यो सम्झौता हुन सकेको छैन । दुवै संस्थामा नयाँ नेतृत्व आएपछि प्रक्रिया अघि बढ्ने उनले बताए ।
बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्ने तयारी गरेको गोल्यान समूहको रिलायन्स स्निपिङ मिलको बिक्री प्रवन्धक पनि ग्लोबल आईएमई क्यापिटल नै हो ।
ढकालका अनुसार अन्य केही कम्पनीहरु पनि बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छुक रहेका छन् । तर सर्वोत्तमको शेयर खरीद प्रकरण र दुवै संस्था नेतृत्वविहीन हुँदा प्रक्रिया शुरु गर्न हच्किएका छन् ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।