नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।