१५ मंसिर २०७८गोरखाको चुमनुब्री गाउँपालिका-४ सिर्दिबासबाट नामरुङ तर्फ खच्चड लिएर जाँदै गरेका एक पुरुष बेपत्ता भएका छन्।
सिर्दिबासबाट २६ वटा खच्चड धपाई नामरुङ तर्प जाने क्रममा बाग्लुङ निसीखोला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय विर बहादुर घर्ती बेपत्ता भएका हुन्।
कच्ची सडकमा एक्कासी लड्न गई बुढीगण्डकी नदीमा मंगलवार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।बेपत्ता भएका घर्तीको झोला,झोला भित्र रहेको पर्स, मोबाईल र मतदाता परिचयपत्रा फेला परेकोखच्चड धनी चुमनुब्री गाउँपालिका वडा नं ३ चिसापानीका दिपेन्द्र गुरुङले लार्के प्रहरी चौकीमा खबर गरेपछि अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।