१५ मंसिर २०७८जुम्ला कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला देखि नेपालगन्जका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बसका चालक नविन रावल र सहचालक विशाल बमको घटनास्थलमै मृत्यु भएको हो।

सिँजा गाउँपालिका २ स्थित घोडेङ्गामा ना ६ ख ४४३८ नम्वरको बस बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

घाइतेलाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ। घाइते हुनेमा कनकासुन्दरी गाउँपालिकाका बिरबल घर्तियुक्ती कार्की रहेको डिएसपी चन्दले जानकारी दिए।

बस दुर्घटनामा परेको विहान ८ बजे थाहा भएको थियो, उनले भने,‘अहिले सम्म बसमा दुई जना मात्र यात्रु सवार रहेको बुझिएको छ। उहाँहरु दुवै जना घाइते हुनुहुन्छजुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई सहित सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको छ। प्रमुख जिल्ला अधिकारी प्रसाइले बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *