१६ मंसिर २०७८पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र गतिमा फैलिएको छ। जसले गर्दा एकपटक फेरि विश्वभर त्रासदीको माहोल बनेको छ।हालसम्म विश्वका २४ वटा मुलुकहरुमा फैलिसकेको यो भेरियन्टको जेनेटिक विश्लेषण गर्दा भाइरसको कोडमा अत्याधिक परिवर्तन देखिएपछि विश्व स्वास्थ संगठनले यसलाई ‘ठूलो चिन्ता’को विषय रहेको बताएको छ।

गत नोभेम्बर ९ मा दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार ‘ओमिक्रोन भेरियन्ट’मा पुनः संक्रमण गराउन सक्ने क्षमता बढी छ। विश्वका बिभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा ‘ओमिक्रोन भेरियन्ट’ मा कोरोना भाइरसको स्पाइक जीन पत्ता लगाउन नसकेको बताइएको छ। यो भाइरसको स्पाइक जीनमा ठूलो परिवर्तन भएकोले नै विश्व जगतमै यो चिन्ताको छैनन्।’

यसभन्दा अघि देखिएका कोरोना भाइरसको बिभिन्न भेरियन्टहरुलाई लक्षित गरि भेरोसेल, फाईजर लगायतका खोपहरु उपलब्ध गराइएको थियो। तर ‘ओमिक्रोन भेरियन्ट’ मा सो खोपहरुको प्रभावकारितामा भने केही प्रतिशत कम हुने चिकित्सकको भनाइ छ।

युरोपेली मुलुकका बिभिन्न देशहरुले कोरोना भाइरसविरुद्धको खोपले प्रदान गर्ने रोग प्रतिरोधि क्षमतालाई बढाउन त्यहाँका लक्षित नागरिकहरुलाई बुस्टर डोज उपलब्ध गराउने विषयमा छलफल सुरु गरेका छन्। तर नेपालमा ५० प्रतिशतभन्दा बढी नागरिकहरुले एक डोज पनि खोप नलगाएको अवस्थामा सरकारले त्यसप्रति ध्यान दिनुपर्ने डा.पुनको भनाइ छ। ‘दुबै डोज खोप लगाएका र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई भने बुस्टर डोज लगाउनु पर्छ,’ डा. पुनले भने, ‘सबै नागरीकलाई बुस्टर डोज नलगाएपनि लक्षित समूहका व्यक्तिलाई भने लगाउन सकिन्छ।’

यता विश्व स्वास्थ्य संगठनले भने कोभ्याक अन्तर्गतको भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरुलाई बुस्टर डोज लगाउन सुझाव दिएको छ। हालसम्म उपलब्ध भइरहेको खोपको प्रभावकारिता ६ महिनापछि पुनः कम हुँदै जाने भएकाले लक्षित समूहलाई बुस्टर डोज लगाउन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको हो।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को नेपालमा कतिको जोखिम छ भन्ने विषयमा पनि चिन्ता बढ्दै गएको छ। नेपाल सरकारले हाल यो भाइरसको संक्रमण नियन्त्रणका लागि दक्षिण अफ्रिका ट्रान्जिट भएर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारेन्टिनमा राख्ने तयारी गरेको छ।

नेपालमा विषेश गरी अन्तर्राष्ट्रिय विमानस्थल र भारतसंगको खुल्ला सीमाका कारण भाइरस भित्रिने सम्भावना छ। विमानस्थलमा सुरक्षाका उपाय अपनाउन सकिएपनि भारतसंगको खुल्ला सीमामा भने नियन्त्रण गर्न चुनौतिको विषय छ। ‘गत वर्ष भारतसंगको खुल्ला सीमा नियन्त्रण गर्ने कोशिस गर्दागर्दै नेपालमा भाइरस तीव्र रुपमा फैलिएको तितो अनुभव हामीसंग छ,’ डा. पुनले भने, ‘विगतका कमि कमजोरीहरुलाई ध्यानमा राखेर सुरक्षामा थप उपायहरु अपनाउन जरुरी छ।’

उनी भन्छन्, ‘भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्नु सामान्य प्रक्रिया हो, त्यो कडा पनि हुन सक्छ, नरम पनि। त्यसकारण हामीले भाइरसविरुद्ध लड्नलाई आफ्नो पूर्व तयारी भने गर्नुपर्छ।’

कोरोना भाइरसको दोस्रो लहरको सामाना गर्दै नेपाली जनजीवन सामान्य अवस्थामा फर्किएको अवस्था छ। डा. पुनका अनुसार अझै पनि औसतमा दिनप्रतिदिन एक सयको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् भने प्रतिदिन औसतमा ३ देखि ४ जनाको भाइरसकै कारण मृत्यु हुने गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन शारीरिक रूपमा कमजोर भएका व्यक्तिहरूमा छिटै सर्न सक्छ। त्यसैले यस्तो अवस्थामा जनस्वास्थ्यका मापदण्ड अपनाउने र खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु नै भाइरसविरुद्ध लड्ने प्रमुख उपाय हुने विज्ञको सुझाव छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *