१६ मंसिर २०७८नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन्। उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए।
अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए। उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे।
ख्दा एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको उल्लेख गरे। अध्यक्ष दाहालले नेकपा एमाले जनजाती, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी रहेको आरोप समेत लगाए।
अध्यक्ष दाहालले भने, ‘मधेशमा अलि ठूलो भ्रम थियो, के भ्रम दिने कोशिस गरियो भने माओवादीले संघीयता छोड्यो। जुन माओवादीले संघीयताको निम्ति हजारौँको बलिदान गर्यो, त्यही माओवादीलाई त्यस्तो झुटो आरोप लगाएर तथाकथित मधेशवादी पार्टी बनाएर अनि यिनीहरु हुन् मधेशको मुक्ति गर्ने भनेको जस्तो गरी जो बास्तवमा मधेशी जनताको विरोधी, त्यहाँका मजदुर, किसान विरोधी, त्यहाँका, दलित, मुस्लिम विरोधी, जो शक्ति हो, तिनीहरुलाई मधेशको मशिहा जस्तो गरेर प्रस्तुत गर्ने कोशिस भयो।’
उनले अगाडि भने, मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रश्ताव पारित नभएको हो। तपाईहरुलाई थाहा छ, एमालेको केपी गुट जनजातीको विरोधी छ, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ, उसैको कारणले संविधान संशोधन नै भएन तर अहिले कतिपय जसले तपाईहरुलाई भ्रम दिए ओर्जिनल त अग्र्यानिक एमाले केपी गुटकै मान्छे थिए। बीचमा म सचिन्छु, म माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखेपनि बाँगाको बाँगै भनेजस्तो फेरि एमालेको केपी गुटमा नै गए।’

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।