१६ मंसिर २०७८सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका छन्। बिहीबार अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका सभामुख सापकोटाले सर्वदलीय बैठक मार्फत समस्या समाधान गरिनुपर्ने बताएका हुन्।
‘सर्वदलीय बैठक मार्फत उपाय खोज्नको लागि अब म यसमा नैकेन्द्रित हुनेछु,’ सभामुख सापकोटाले भने।
सभामुख सापकोटाले नेपाल र विश्वमा नै अहिलेको चुनौति भनेकबैलाई समेटेर लैजानुपर्ने रहेको बताए। उनले आदीवासी, जनजाती, सिमान्तकृत जनसमुदायहरु लोकतन्त्रमा विभाजित हुनु भनेको न्यायप्रणाली कमजोर हुनु रहेको बताए।
सम्मेलनमा प्रविधि र सञ्चारको विकास राम्रो भएपनि कहिलेकाहीँ तथ्यहीन प्रचारका कारण राजनीतिक पार्टीहरुप्रति विश्वास कमजोर बन्दै गएको र पार्टीका आन्तरिक लोकतान्त्रिक अभ्यास गर्ने कुरामा कमजोरी रहेको लागयतका विषयमा छलफल गरिएको जानकारी दिए। अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।