१७ मंसिर २०७८नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन चल्न नदिने संकेत गरेका छन्। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पद बहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नदिने बताएका हुन्।

‘(संसद) किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’, उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन।’अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको आरोप समेत लगाए।

अदालतमा देखिएको समस्या अघि न पछि भएको उनले टिप्पणी गरे। ‘अदालतको गतिरोधको निकास आउँदैन। गठबन्धनबाट पनि यसको आश गर्न सकिन्न। फैसलाका लागि ताजा जनादेश नै आवश्यक छ,’ उनले भने।

सरकारले मंसिर २८ गते संसद् बैठक बोलाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.