२० मंसिर २०७८सरकारका काम कारबाहीप्रति निगरानी गर्ने निर्देशन दिने तथा सरकारलाई पारदर्शी र जवाफदेही बनाउने काममा संसदीय समितिको भूमिका महत्वपूर्ण हुन्छ।

सानो संसद्को रूपमा रहेका संसदीय समितिले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर सरकारका कामबारे छलफल गर्ने निर्देशन दिने अधिकार छ। तर सरकारलाई नै निर्देशित गर्न सक्ने अधिकार पाएका समितिहरू वर्ष दिनदेखि नै सक्रिय छैनन्।

संसदीय समिति सक्रिय नहुँदा सकारले गरेका कामहरूबारे संसद् बेखवर छ। संसदीय समिति संसद् अधिवेशन नभएका बेला झन् सक्रिय हुनुपर्ने मान्यता रहे पनि संसद् नभएका बेला समिति झन् निस्क्रिय भइरहेको संसद् सचिवालयका अधिकारी बताउँछन्।

संसद् अधिवेशन मंसिर २८ गतेदेखि बोलाइएकोसरकारका काम कारबाहीप्रति निगरानी गर्ने निर्देशन दिने तथा सरकारलाई पारदर्शी र जवाफदेही बनाउने काममा संसदीय समितिको भूमिका महत्वपूर्ण हुन्छ।

सानो संसद्को रूपमा रहेका संसदीय समितिले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर सरकारका कामबारे छलफल गर्ने निर्देशन दिने अधिकार छ। तर सरकारलाई नै निर्देशित गर्न सक्ने अधिकार पाएका समितिहरू वर्ष दिनदेखि नै सक्रिय छैनन्।

संसदीय समिति सक्रिय नहुँदा सकारले गरेका कामहरूबारे संसद् बेखवर छ। संसदीय समिति संसद् अधिवेशन नभएका बेला झन् सक्रिय हुनुपर्ने मान्यता रहे पनि संसद् नभएका बेला समिति झन् निस्क्रिय भइरहेको संसद् सचिवालयका अधिकारी बताउँछन्।

संसद् अधिवेशन मंसिर २८ गतेदेखि बोलाइएकोभनेर आर्थिक अनियमिताको जाँच गर्नुपर्नेमा सभापति भरत साह महिना दिनदेखि समितिमा उपस्थित छैनन्। संसदीय सुनुवाइ समितिले कोरम नपुग्ने अवस्था आएपछि दुईपटक बैठक सार्दे सोमबार बोलाएको छ।

गणपुरक संख्या पुगेमा सोमबार सरकारले प्रस्ताव गरेका भारत, बेलायत र अमेरिकाका राजदूतको सुनुवाइ गर्ने तयारी छ। महिला हिंसाबारे १६ दिने अभियान भइरहेको अवस्थामा महिला तथा सामाजिक समितिले यसबारे चासो देखाएको छैन।

विकास तथा प्रविधि समिति नारायणघाट बुटवल सडकखण्डको स्थलगत अनुगमन गर्न मंसिर ५ गते गएको थियो। यसपछि समितिले कुनै बैठक गरेको छैन। अनुगमन गर्ने नाममा भ्रमण गर्ने उपलब्धि केही नदेखिने अवस्था समितिमा देखिँदै आएको छ।

कानुन न्याय तथा मानवअधिकार समितिले मानवअधिकारको विषयमा धेरै नै छलफलचलाउनुपर्नेमा त्यसरी छलफल गर्न सकेको छैन। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पछिल्लोपटक बढेको महँगीका विषयमा छलफल गरी यसबारे सरकारलाई निर्देशन दिन सकेको छैन भन्ने गुनासो बढ्न थालेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *