२० मंसिर २०७८,रौतहट।
प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटका छात्रालाई आइतबार साइकल वितरण गरेका छन् ।राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण नगरपालिका वडा नंः–३ सखुवाको देवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेका छन्। विद्यालयको प्रांगणमा आयोजित कार्यक्रम बीच ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान कार्यक्रम अन्तर्गत साईकल वितरण गरिएको छ । छात्राहरुलाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको राज्य मन्त्री यादवले बताएका हुन् । बालविवाह अन्त्य गर्न तथा छात्राहरूको मनोबल उच्च बनाउने उद्देश्यले कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको उनले बताएका हुन्। प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सार्थक बनाउन साइकल वितरण गरिएको बताउंदै मन्त्री यादवले साइकल वितरणले छात्रालाई पढाइ प्रति आकर्षण बढ्ने र छात्रालाई विद्यालयमा समेत टिकाइ राख्न सहयोग पुग्ने बताए । ‘तराईका मधेसी समुदायमा छोरीलाई पनि छोरा सरह पढाउनुपर्छ भन्ने सोच निकै कम छ,’ उनले भने, ‘त्यसैले, अभिभावकले छोरीलाई हत्तपत्त विद्यालय नै पठाउँदैनन् । तर, साइकल पाएपछि उनीहरूलाई छोरीलाई पनि विद्यालय पठाउन कर लाग्छ ।’ छात्रालाई साइकल वितरण अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *