२० मंसिर २०७८नेपाली कांग्रेसका नेता तथा सर्लाही–४ का सांसद अमरेशकुमार सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पद र शक्तिको दुरूपयोग गर्दै विधानविपरीत सदस्यमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन्।
महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा आइतबार सिंहले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन देउवाले पार्टी र सरकारको पदको दुरूपयोग गरेको आरोप लगाएका हुन्।
निष्पक्ष अधिवेशनको माग गर्दै सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरूपयोग गरी विधि–विधान, निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी, अलोकतान्त्रिक र विभेदकारी पद्धति बाट अधिवेशन गराउन खोज्नु भएकोप्रति आपत्ति छ।’

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।