२०७८ मंसिर २१, मंगलवारसाताव्यापाी सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा आजदेखि जनकपुरधामका नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै मंसिर २१, २२ र २३ गते शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ ।

भोलि त्रेतायुगमा जस्तै सीता- रामको सांकेतिक विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए । विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुने गर्छन् ।

जनकपुर उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकूद महाशाखा संयोजक मेहिलाल यादवले सूचना जारी गरेर पठन पाठन बन्द गरेर विवाह पञ्चमीमा सहभागी आगन्तुक भक्तजन तथा तीर्थालुहरुलाई आवश्यक सहयोग गरिदिन विद्यालय तथा शैक्षिक संस्थाहरुसँग अपील गरेका छन् ।

यस्तै प्रदेश २ सरकारले विवाह पञ्चमीको मुख्य दिन भोलि सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमीमासहभागीले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । धनुषा प्रशासनले करिब ३ लाख मास्क वितरण गर्ने तयारी गरेको बुझिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *