२०७८ मंसिर २१,
जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री नीलम कर्णले महिलाहरु आत्मनिर्भर नभए सम्म लैंगिक हिंसा जारी रहने बताएकी छिन् ।

निर्वाचनमा हुने महिला हिंसा अन्त्यका लागि कार्यशाला गोष्ठी तथा ‘लैंगिक हिंसाको रोकथाम सम्बन्धी’ परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै उनले पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाजमा महिलाहरु स्वयम् दक्ष नभएसम्म पुरुषहरुले महिलालाई दोश्रो दर्जाको मनुष्य झैं व्यवहार गरिरहने बताइन् । ३३प्रतिशत महिला समावेश गर्नै पर्ने भएकोले पुरुष प्रभुत्व समाजमा महिलाहरुले पद प्राप्त गरेपनि कानूनले दिएको अधिकारको पनि प्रयोग गर्ने वातावरण नरहेको राज्य मन्त्री कर्णले प्रसंग उल्लेख गरिन् । आर्थिक रुपमा सबल ,शैक्षिक रुपमा सक्षम र सामाजिक रुपमा समृद्ध नभए सम्म महिलाहरुमाथि हुने हिंसा रोक्न नसकिने भएकाले महिलाहरुलाई पुरुष सरहकै अधिकारको लागि अधिकारकर्मीहरुले एकजुट भइ संघर्ष गर्नु पर्ने आवश्यकता उनले औंकानूनी रुपमा अधिकार प्राप्त ठाउंमा भएपनि महिलाहरुले लैंगिक हिंसाकै शिकार भइ पाएको पदको समेत सदुपयोग गर्न नसकेको गुनासो पोखिन् । महिलाहरुले नेतृत्व लिन सक्षम रहेको भन्दै उनले भनिन्,‘ आगामी निर्वाचनमा महिलाहरु उपमा होइन ,नेतृत्वमै आउनु पर्छ ,मेयर ,वडाध्यक्ष जस्तो पदमा आउनु पर्छ अनि मात्रै परिवर्तन अनुसारको काम गर्न सकिन्छ।’ कार्यक्रममा ओरेक धनुषाका संयोजक रोजलीन बछारले प्रदेश सरकारले लैंगिक नीति ल्याउन लागेको जानकारी गराउंदै स्थानीय तहहरुलाई लैंगिक उत्तरदायी योजनाबारे समन्वय र सहकार्य गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताइन् ।

ल्याइन् । कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर रीता झालेर

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *