२०७८ मंसिर २२, बुधबार
जनकपुरधाम । रहीम युवा समाज नेपालले जनकपुर रिपोर्टस डट कमका संचालक पत्रकार गणेश रायलाई आर्थिक सहयोग गरेको छ ।

पत्रकार रायको श्रीमतीको पाठेघरमा समस्या देखिएकोले उनको स्वास्थ्य उपचारको लागि रहिम युवा समाज नेपालका अध्यक्ष ईद मोहम्मद साफीले मंगलवार आयोजित कार्यक्रमबीच आर्थिक सहयोग गरेका हुन् । समाजका सदस्य तथा खाडी मुलुक कत्तारमा राइडर्स जोन ट्रेडिंगका सञ्चालकको सहयोगमा राष्ट्रिय युवा संघका सचिवालय सदस्य समेत रहेका साफीले पत्रकार रायलाई १२ हजार आर्थिक सहयोग गरेका हुन् ।

वैदेशिक रोजगारीको क्रममा कत्तारमा रहेका धनुषा जिल्लाका मुस्लिम सामुदायका युवाहरुले गठन गरेको समाजले गरीब, विपन्न,असहाय, तथा समस्यामा परेका हरेक वर्गका समुदायका व्यक्तिहरुलाई समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *