२०७८ मंसिर २२, बुधबार
भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा मृत्यू भएका ११ जनाको शव फेला परेको भारतीय टिभी आजतकले जनाएको छ । हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकोप्टरमा सेनापति रावत र उनकी पत्नीसहित १४ जना सवार थिए । शव फेला परेकाहरुको पहिचान हुन सकेका छैन । शव जलिसकेको अवस्थामा फेला परेको बताइएको छ ।मौसम खराबीका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकप्टर दुर्घटनाको विस्तृत जानकारी गृहमन्त्री राजनाथ सिंहले संसदमा दिनेछन् । उनी संसदमा केहिबेरमै पुग्ने बताइएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *