२२ मंसिर २०७८
दैलेखमा लागूऔषधसहित तीन जना पक्राउ गरेका छन्। दैलेख प्रहरीले सोमवार राती साढे ११ बजे लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले विशेष सुराकीको आधारमा नारायण नगरपालिका १ पुरानो बसपार्कबाट उनीहरुलार्ई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा बर्दिया बासँगढी नगरपालिका २ बस्ने २७ वर्षका विक्रम मल्ल, कोहलपुर नगरपालिका १० बस्ने २३ वर्षका गणेश केसी र सोही ठाउँमा बस्ने अर्का हेमन्त साउँद रहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

उनीहरुको साथबाट खैरो हेरोईन जस्तो देखिने धुलो ६ सय ९० एमजी र प्रमाण लाग्ने अन्य सामानहरु उनीहरुको साथबाट सफत गरिएको जनाईएको छ। जिल्ला अदालत दैलेखबाट थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ।

दैलेखमा लागूऔषधको कारोवार हुने गरेको सुचना प्रहरीलाई आउन थालेपछि शंकास्पदव्यक्तिहमाथि प्रहरीले निगरानी बढाएपछि प्रहरीलाई यो सफलता मिलेको हो।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *