२३ मंसिर २०७८
नेपालको भूकम्पपछिको पुनर्निर्माणमा समयमै काम गर्न सकेको भन्दै दातृ निकायले नेपालको सराहना गरेका छन्।

दातृ राष्ट्र र दातृ निकायका प्रतिनिधिले काठमाडौंमा बुधबार आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८ मा बोल्दै भूकम्पपछिको पुनर्निर्माणमा नेपालले सोचेअनुसारकै भौतिक उपलब्धि हात पार्न सकेको बताएका हुन्।नेपालको भूकम्पपछिको पुनर्निर्माणमा समयमै काम गर्न सकेको भन्दै दातृ निकायले नेपालको सराहना गरेका छन्।

दातृ राष्ट्र र दातृ निकायका प्रतिनिधिले काठमाडौंमा बुधबार आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८ मा बोल्दै भूकम्पपछिको पुनर्निर्माणमा नेपालले सोचेअनुसारकै भौतिक उपलब्धि हात पार्न सकेको बताएका हुन्।नेपालको विकासको साझेदारी दातृ निकाय एसियाली विकास बैंकका उपाध्यक्ष सिसेन चेनले भिडियो सन्देश पठाउँदै नेपालले भूकम्पपछिको ६ वर्षको अवधिमा ठुलो उपलब्धि हात पारेको बताए। ‘भूकम्पले ध्वस्त संरचनालाई ६ वर्षको अवधिमा नेपालले लोभलाग्दो ढंगले भूकम्पप्रतिरोधी पूर्वाधारको संरचना तयार पार्न सकेको छ,’उनले भने, ‘भूकम्पछिको पुनर्निर्माणले विद्यालय,स्वास्थ्य चौकी र निजी क्षेत्रका भवन पनि भूकम्पप्रतिरोधी बन्न सफल भएको छ।’ एडिबीका उपाध्यक्ष चेनले एडिबीले भूकम्पले क्षतिग्रस्त भएका विद्यालयको पुनर्निर्माणमा आर्थिक सहयोग तथा सहायता उपलब्ध गराउँदै आइरहेको बताए।

उनले नेपाल सरकारले भूकम्पप्रतिरोधी संरचना बनाउन सफल भएकोमा आभार व्यक्त गरे। यिनै दातृ राष्ट्र तथा निकायले समयमा नेपालले पर्याप्त मात्रामा बजेट तथा आयोजना निर्माण गर्न नसकेको भन्दै गुनासो तथा टिप्पणी गर्दै आइरहेका थिए। तर,विदेशी निकायले भूकम्पपछिको साढे ६ वर्षको अवधिमा नेपालले पूर्वाधार क्षेत्रमागरेको काम पक्कै पनि प्रशंसायोग्य रहेको बताएको छ।

चीनका विदेशमन्त्री वाङ यीले भिडियो सन्देशमार्फत ६ वर्षअघि आएको भूकम्पले नेपालमा ठूलो क्षति पुर्‍याएको र तत्कालै चीनले उद्धार तथा राहतमा सहयोग पुर्‍याउनुका साथै पुनर्निर्माणमा साझेदारी गर्दै आइरहेको बताए।
यिनै दातृ निकाय र राष्ट्रले बजेट खर्च गर्न नसकेको र आयोजना पुनर्निर्माणको सन्दर्भमा भने भिन्न नै। अरू देशमा जस्तै नेपालमा पुनर्निर्माण भएको संकेत देखिएको बताएका छन्।गरेको काम पक्कै पनि प्रशंसायोग्य रहेको बताएको छ।

यिनै दातृ निकाय र राष्ट्रले बजेट खर्च गर्न नसकेको र आयोजना पुनर्निर्माणको सन्दर्भमा भने भिन्न नै। अरू देशमा जस्तै नेपालमा पुनर्निर्माण भएको संकेत देखिएको बताएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *