२०७८ मंसिर २३, बिहीबार
सर्लाही । सीताराम विवाहोत्सवको अवसरमा सर्लाहीको मलंगवामा झाँकी प्रदर्शन गरिएको छ ।

महोत्सवको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको हो । बाजागाजा र रथ सहित जिल्लाभरिका विभिन्न मठ–मन्दिरबाट आएका साधुसंत,कर्मचारी,नेता , स्थानीय महिला तथा पुरुषहरु सम्मलित झाँकी सहितको मलंगवाको नगरपालिका चोकमा रहेको राम मन्दिरबाट निकालिएको जुलुस नगरपालिका चोक नगरको विभिन्न टोल,बजार तथा वडाको परिक्रमा गर्दै सम्पन्न भएको थियो । राम सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । सोही तिथिमा प्रत्येक वर्ष प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विशेष रुपमा यो महोत्सव मनाउने गरिएको छ भने सर्लाही लगायतका जिल्लामा रहेका रामजानकी मठहरुबाट समेत धार्मिक ,साँस्कृतिक झाँकी प्रदर्शन गर्ने गरिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.