२०७८ मंसिर २३, बिहीबार
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६मा सर्प दंश प्राथमिक उपचार केन्द्रको शिलान्यास भएको छ ।

निर्वाचन क्षेत्र नं. ३(ख) अन्तरगत डाक्नेश्वरी न.पा.–६ पातो बजारमा नपाका प्रमुख शिवनारायण साह र उपप्रमुख इन्दु कुमारी यादवले संयुक्त रुपमा केन्द्रको भवन निर्माणको बुधबार एक समारोह बीच शिलान्या गरेका हुन् । प्रमुख साहले सर्प दंश प्राथमिक उपचार केन्द्रको शिलान्यास गर्दै सर्पदंशका बिरामीहरु छिटो भन्दा छिटो उपचार वा सेवा सुविधा पाउन सक्ने विश्वास व्यक्त गरे । उनले सर्पको टोकाइबाट अल्पायुमै कसैको मृत्यु हुनु दुर्भाग्यपूर्ण रहेको बताउंदै उत्कृष्ट सेवा सुविधा सम्पन्न उपचार जनताले पाउन सकोस भने उद्देश्यका साथ केन्द्रको स्थापना हुन लागेको बताए । आफ्नै ठाउंमा सर्पदंशका बिरामी छिटो र राम्रो उपचार तथा सेवा पाउने जनताको आशा र बिश्वास पूरा गर्न यसमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत आग्रह गरे । उनले जनताको आशा विश्वासलाई निरासामा बदल्ने काम नहोस भन्दै स्थानीय, स्वास्थ्यकर्मी, डाक्नेश्वरी नपाका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । सर्प दंश प्राथमिक उपचार केन्द्र ७८ लाखको लागतमा निर्माण हुने जनाइएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.