२०७८ मंसिर २४ गते
नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।
यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।
उदघाटन समारोहमा बिभिन्न राजनीतिक दलका नेताहरु पनि पुग्ने क्रम जारी छ । महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।