२०७८ मंसिर २४, शुक्रबार
दुइ महिला सहित तीन जनाको हत्याका आरोपी गुलजार मियाँमाथि डकैती पछि एक अर्को महिलाको पनि हत्या गरेको खुलासा भएको छ ।

सुरुङ्गा नगरपालिका–१० का मियाँले अनुसन्धानको क्रममा डकैती र हत्याको घटनामा आप् mनो संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । २०७० चैत २ गते तिरहुत गाउंपालिका–१ मा डकैती भएको थियो । सो क्रममा घरधनी निर्मलादेवी साहको हत्या पनि भएको थियो । निर्मलाको हत्या गरेको मियाँले स्वीकार गरेको छ ।

घटनाको ८ वर्षपछि मंगलबार पक्राउ परेका मियाँले प्रहरी समक्ष बयान दिँदै भनेका छन्,‘मोहम्मद सकिल,अल्लाउद्दिन र मोहम्मद मुस्तकीम भनिने रहिस मियाँ सहित मिलेर डकैती गरे अन निर्मलाले छोरा दीपकलाई विदेश पठाउन १ लाख ५० हजार रुपैयां जम्मा गरिराखेको सुइको पाएपछि आफूहरु चार जना मिलेर रकम लुटेको र सो क्रममा निर्मलाले प्रतिकार गर्न खोज्दा छूरा प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

जिप्रसका सूचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार यस अघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागीरा खातुन तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउंपालिकाकी दुलारी देवी साहको हत्या घटनामा उनको संलग्नता पुष्टि भइसकेको छ ।

उक्त हत्या घटना पनि पैसा लुट्नकै लागि भएको अनुसन्धानको क्रममा खुलेको छ ।विभिन्न घटनापछि फरार रहेका मियाँलाई पक्राउ गर्न रेड नोटिस समेत जारी गरिएको थियो ।दुईं दिन अघि छिमेकी जिल्ला सिरहाको सखुवाननकारीकट्टी गाउंपालिका–१ महेश्वरी टोलको एउटा घरमा लुकिछिपी बसेको अवस्थामा मियाँ पक्राउ परेका थिए ।

चारवटै हत्या रकम लुट्ने प्रयोजनले गरिएको अनुसन्धानको क्रममा खुलेको छ । गुलजार सुनसरीको इनरुवामा भएको एउटा सामूहिक हत्याकाण्ड घटनामा समेत संलग्न रहेको र सो सम्बन्धमा अनुसन्धान जारिरहेकोले अहिले केही पनि भन्न नमिल्ने सूचना अधिकारी काप्mलेले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *