२०७८ मंसिर २४, शुक्रबार
आर्थिक अभावमै विहे गर्न समस्या भएका २२ जोडीको जनकपुरधाममा सामूहिक रुपमा आदर्श विवाह गराइएको छ ।

विश्व हिन्दु परिषद नेपालले सीताराम विवाहोत्सवको अवसर पारेर विहीबार आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा प्रदेश २ को विभिन्न जिल्लाका २२ जोडीको विवाह सम्पन्न भएको हो । परिषदको धनुषा जिल्ला कार्यसमितिले जानकी मन्दिरको प्रांगणमा आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा धनुषा,सिरहा,सप्तर ी,महोत्तरी लगायतका जिल्लाका जोडीहरुले विहे गरेका छन् ।

परिषदले आर्थिक अभावकै कारण कतिपय व्यक्तिहरु विहे गर्नेबाट वञ्चित हुने गरेको र दाइजोको न्यूनीकरण गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सीताराम विवाहोत्सवको भोलिपल्ट सामूहिक विवाह कार्यक्रमको आयोजना गर्दै आएको छ । सामूहिक विवाहमा सहभागी भएकाहरुलाई विहे गर्नुपूर्व बाजागाजाका साथ जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । स्थानीय कलवार कुटीबाट निस्केको जुलुश नगर परिक्रमा गर्दै जानकी मन्दिरको प्रांगणमा गइ सामूहिक विवाह कार्यक्रममा परिणत भएको थियो ।

प्रत्येक नवविवाहिता जोडीलाई ११/११ थान कपडा ,दुल्हीलाई दुइ÷दुइ तोला सुनको गहना ,श्रृंगार सामग्री,एक÷एक थान ओछ्यान ,खाना पकाउने चुल्हो, कुकर लगायतका भाँडाकुडा समेत दिइएको परिषदका धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले जनाए । दाताहरुले गरेको सहयोगले परिषदले दुइ दिन सम्म नवविवाहिता जोडीका परिवारजन तथा कुटुम्बहरुलाई निःशुल्क भोजनको व्यवस्था समेत गर्ने गरेको छ ।परिषदले थालेको सामूहिक विवाह कार्यक्रम तराइ मधेशको समाजमा व्याप्त दाइजो जस्तो कुप्रथा विरुद्धको अभियानको रुपमा रहेको परिषदका सन्त समितिका प्रदेश २ प्रमुख महन्थ लक्ष्मण दास वैष्णवले बताए ।

उनले भने,‘ परिषदको मुख्य उद्देश्य समाजमा व्याप्त दाइजो जस्तो कुरीतिको अन्त्यको एउटा सानो प्रयास हो,सभ्य समाजको निर्माण गर्न यसलाई परिषदले अभियानकै रुपमा लिएको छ।’ कतिपय व्यक्तिले आर्थिक अभावको कारण विहेबाटै वञ्चित हुने गरेको बताउंदै उनले दाइजोको अभावकै कारण अनमेल विवाह हुने सहितका समस्या निराकरणको लागि औपचारिक रुपमा वर्षको एक पटक हुने गरेको भएपनि प्रत्येक दिन परिषदले यस्ता विवाहमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको जानकारी दिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.