२०७८ मंसिर २४, शुक्रबार
सिरहाको जिरोमाइलमा फेला परेको एक नवजात शिशुको उद्धार गरिएको छ ।

धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा वेवारिसे अवस्थामा विहीबार नवजात शिशु (छोरा) फेला परेको थियो । सडक छेउमा शिशु रोईरहेको अवस्थामा यात्रीले देखेपछि प्रहरीलाई खबर गरी तत्काल उद्धार गरिएको छ । एक दुइदिन अघि मात्रै जन्म भएको अनुमान गरिएको नवजात शिशुलाई नैनपुर अस्पतालमा प्राथमिक उपचार पछि सिरहा पठाइएको छ ।

सालनाल र सोमा लागेको क्लिप अवस्थामा फेला परेकाले शिशु अस्पतालमा जन्मेको हुनसक्ने आंकलन गरिएको हो । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अवैध सम्बन्धका कारण बच्चा जन्मेकाले सामाजिक डर भएका कारण आमाले बाटोमा फालेको हुन सक्ने अनुमान स्थानीयवासीहरुले गरिरहेका छन् । अहिले शिशुलाई विशेष उपचारको लागि जिल्ला अस्पताल सिरहामा राखिएको सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले जानकारी दिए । उनले शिशुको अवस्था सामान्य रहेको र शिशुलाई अस्पतालमा राखिएको बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *