२०७८ मंसिर २४, शुक्रबार
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् ।

पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *