२०७८ मंसिर २४, शुक्रबार
प्रदेश २ मा पछिल्लो ६ महिनमा तीन सय ९१ वटा मानव अधिकारीसँग सम्बन्धित घटना भएको तथ्याङक सार्वजनिक भएको छ ।

औपचारिक सेवा केन्द्र( ईन्सेक)ले विहीवार आयोजना गरेको मिडिया साझेदारी वैठकमा सार्वजनिक गरिएको एक प्रतिवेदनमा २०२१ को जनवरीदेखि जुलाई सम्ममा प्रदेश २ मा विभिन्न ३ सय ९१ वटा घटना मानव अधिकारसँग सम्वन्धित रहेको उल्लेख गरिएको छ । अपहरण १२, पक्राउ ४, कुटपिट ३१, हत्या ४५, जातिय भेदभाव २ लगायतका रहेका छन् । महिला मानव अधिकार १ सय २५ वटा घटनाहरु भएको प्रतिवेदनमा उल्लेख छ ।

महिला बेचविखन ४,बलात्कार ५४, यौन दुव्र्यवहार ६, बहुविवाहका विभिन्न २३ वटा घटना भएको छ । त्यसैगरी, बाल अधिकार अन्तर्गत बाल विवाह ५, बाल बेचविखनका ३, बलात्कारका सबभन्दा बढी ६१, यौन दुव्र्यहवार २६ गरी ९५ वटा घटना भएको ईन्सेकले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश २ का संयोजक वीरहादुर मगरले मानव अधिकारसँग सम्बधित घटना पछिल्लो समय बढ्दै गएको बताए । एका तर्फ आम जनतामा जनचेतना बढ्ेर मानव अधिकारका घटनाहरु चाडै सार्वजनिक हुने गरेका छन् भने अर्को तर्फ चेतना भएका पनि विभिन्न शक्तिको आडमा मानव अधिकारकार घटनाहरु गर्दै आएको उनले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *