२४ मंसिर २०७८
कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिप खेल्ने ८ टोली बिहीबार सार्वजनिक गरिएको छ।

आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुसमा हुने प्रतियोगिताका लागि ८ टोलीको घोषणा गरेको हो। च्याम्पियनसिप पुस ६ देखि ९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

सार्वजनिक भएको टोलीमा च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन,नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत् प्राधिकरण छन्।

प्रतियोगितामा सहभागिता जनाउने टोलीले बिहीबारै गोलाप्रथाको आधारमा नेपालका शीर्ष वरीयताका समान ८ पुरुष र महिला खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरेका छन्। जसअन्तर्गत नेपाल राष्ट्र बैैंकमा पुरुषतर्फको दोस्रो वरीयताका दीपेश धामी र महिलातर्फको दोस्रो वरीयताकी अमिता गिरी आबद्ध भएका छन्।

आइएमई ग्रुपमा आठौं वरीयताका नवीन श्रेष्ठ र शीर्ष वरीयता नङ्सलदेवी तामाङ, नेपाल टेलिकममा शीर्ष वरीयताका रत्नजित तामाङ र नवौं वरीयताकी सीमा राजवंशी र सिल्क ग्रुपमा तेस्रो वरीयताका विकास श्रेष्ठ र तेस्रो वरीयताकी अनुमाया राई आबद्ध भएका छन्।

यस्तै नेपाल आयल निगममा चौथो वरीयताका विष्णु कटुवाल र चौथो वरीयताकी रसिला महर्जन,नेपाल विद्युत् प्राधिकरणमा छैटौं वरीयताका दीपक बोहोरा र छैटाैँ वरीयताकी शोभा गौचन, कान्तिपुर पब्लिकेसनमा चौथो वरीयताका साजनकृष्ण ताम्राकार र १०औं वरीयताकी सम्झना शर्मा र कुमारी बैंकमा छैटौं वरीयताका सुदीप सेढाई र साताैँवरीयताकी सुनैया मुखिया आबद्ध भएका छन्।

पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीतामाया राई चोटका कारण टोलीबाट बाहिर रहने भएपछि नवौं वरीयताका सीमा र १०औं वरीयताकी सम्झनाले च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन्।

यसअघि आयोजक केबिएले नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी सार्वजनिक गरेको थियो। च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल,कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ। ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ। पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.