२०७८ मंसिर २४, शुक्रबार
सप्तरीका भूमिहीन नागरिकहरुलाई जग्गा वितरण गरिएको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले विहीबार अग्निसाइर कृष्णसावरन गाउंपालिकाको गाउंब्लकमा रहेका भू्मिहीन नागरिकहरूलाई जग्गाधनी प्रमाण लालपुर्जा वितरण गरेका हुन् । अग्निसाइर कृष्णासावरन गापा र तिरहुत गापा–का ७ सय घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने सरकारी तयारी छ । जग्गा धनी प्रमाण पूर्जा वितरणको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पुस मसान्त सम्ममा देशभरिका नापी भइसकेका गाउंब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् ।

उनले नापी भइसकेका गाउंब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि नछुट्ने कुरोमा जोड दिँदै नापी हुन बाँकी गाउंब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् । मन्त्री श्रेष्ठले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुरु गरिसकेको र मुक्त हलीया, कमैयाको पक्षमा काम गर्न र उनीहरूको वास्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि उल्लेख गरिन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *