४ पुस २०७८/बाँके
डुडुवा गाउँपालिका वडा नम्बर ५ मा रहेको गोकुल सामुदायिक वनबाट अवैधरुपमा ल्याउँदै गरेको काठसहित सशस्त्र प्रहरीले ट्रयाक्टरलाई समेत नियन्त्रणमा लिएको हो।अवैध सिसौको काठसहित सशस्त्र प्रहरीले दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मरबहादुर थारुको टोलीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको सिसौको काठ ११८.१४ क्यूफिट रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक अशोककुमार बमले जानकारी दिए।
काठको अन्दाजी मूल्य पाँच लाख ३१ हजार ६ सय ३० र दुईवटा ट्रयाक्टरको मूख्य अन्दाजी आठ लाख गरेर १३ लाख ३१ हजार ६ सय ३० रहेको उनले बताए। नियन्त्रणमा लिइएका सिसौका १३ गोलिया काठ र दुई ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।