२०७८ पुष ८, बिहीबार
नेपाली काँग्रेसको प्रथम अधिवेशन अन्तर्गत मतदान सुरु भएको छ ।

६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९: ३० बजेदेखि सुरु भएको छ । प्रदेश २ भरिका झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन टोलीले जानकारी दिएको छ ।

काँग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान हुँदै छ ।नयाँ नेतृत्व चयनका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण र विमलेन्द्र निधि पक्षबाट रामसरोज छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको छ । कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ काँग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

निधि र शेखर कोइराका संयुक्त उम्मेदबार रामसरोज रहेकाले दुवै उम्मेदबार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *