२०७८ पुष ८, बिहीबार

गोलबजार । सिरहाको गोलबजार नगरपालिका–६ डोहटियामा छुरा प्रहारबाट भएको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार बेलुका गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको एक समूहले छुरा प्रहार गरी हत्या गरेको थियो । सो हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २२ वर्षीय भुवन प्रसाद महतो, १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भनिने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये २ जनालाई गोलबजार र ३ जनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । भने घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरुको खोजी जारी रहेको जनाइएको छ ।

छुरा प्रहारबाट १९ वर्षीय निकेश सदाय घाइते भएका छन् ।उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी रहेको छ । घटनापछि प्रहरीले जानाजानी छुरा प्रहारको घटनालाई ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीयवासीहरुले आइतबारदेखि नै प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गर्दै आएका थिए । आक्रोशित स्थानीयवासीहरुले सोमबार पूर्व पश्चिम लोकमार्ग बन्द गरेका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप समेत भएको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *